फिफा विश्वकप छनोट : भेनेजुएलासँग बराबरीमा रोकियो अर्जेन्टिना

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप छनोट : भेनेजुएलासँग बराबरीमा रोकियो अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलासँग  १-१ गोलको बराबरी खेलेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले भने बराबरीका लागि भेनेजुएलाको पिचलाई दोष दिए । 

आज बिहान खेल सुरु हुनु अघि भेनेजुएलामा भारी वर्षा भएको थियो । जसका कारण खेल आधा घन्टा ढिलो सुरु भयो । अर्जेन्टिनाले १३औं मिनेटमा नै घरेलु टोली विरुद्ध अग्रता लिएको थियो ।

उसका लागि निकलस ओटोमेन्डीले गोल गरेका हुन् । पहिलो हाफमा विश्वकपको साविक विजेता अर्जेन्टिना अग्रता जोगाउन सफल भयो । तर ६५औं मिनेटमा भेनेजुएलाका सालोमन रान्डनले गोल गरेपछि अर्जेन्टिना बराबरीमा रोकिएको हो ।

अर्जेन्टाइन प्रशिक्षक लियोनल स्क्लनीले लियानार्दो पेरेडेस र लौतारो मार्टिनजेलाई खेल सकिन पाँच मिनेट बाँकी हुँदा मैदान प्रवेश गराएका थिए । उनीहरुले गोलका लागि प्रयास गरेपनि सफल भएनन् । पूर्ण रुपमा फिट हुँदै राष्ट्रिय टिममा फर्किएका मेसीले पिच खराब हुँदा खेल्न गाहृो भएको प्रतिृकया दिएका हुन् ।

मेसी गत जुलाईमा कोपा अमेरिकाको फाइनलमा कोलम्बिया सँग खेल्दा चोट ग्रस्त बनेका थिए । त्यसयता राष्ट्रिय टिमबाट उनको यो पहिलो खेल हो । अर्जेन्टिना नौ खेलबाट १९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । 

सातौ स्थानमा रहेको भेनेजुएलाको ११ अंक छ । अक्टोबर इन्टरनेशनल विन्डोको अर्को खेलमा अर्जेन्टिनाले बुधबार बोलिभिया सँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement