महोत्तरीको बर्दिवासमा एक युवतीको शव भेटियो

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीको बर्दिवासमा एक युवतीको शव भेटियो

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका-५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ ।

मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव बुधबार फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । युवतीको शव परीक्षणका लागि बर्दिवास अस्पतालमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक पोखरेल अनुसार बुधबार नै शव भेटिए पनि युवतीको पहिचान खुलेको छैन । युवतीको सनाखतको प्रयास भइरहेको र शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.