न्यायपालिकाको जिम्मा आफ्नो भए पनि फैसला निर्देशित गर्न सकिँदैन : प्रधानन्यायाधीश राउत

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यायपालिकाको जिम्मा आफ्नो भए पनि फैसला निर्देशित गर्न सकिँदैन : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको जिम्मा आफ्नो भए पनि फैसलालाई निर्देशित गर्न नसक्ने बताउनुभएको छ । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीको पुस्तक 'सुनेको शासन : भोगेको प्रशासन' को आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाबाट हुने फैसलालाई निर्देशित गर्न आफूले नसक्ने बताउनुभएको हो ।

कार्यक्रममा सहभागीहरूले न्यायपालिकाले गर्ने फैसलाका विषय उठाएपछि प्रधानन्यायाधीशले इजलासमा बस्नेहरूले नै मुद्दाको छिनोफानो गर्ने भएकाले आफूले कुनै निर्देश गर्न नसक्ने बताउनुभएको हो । उहाँले सुशासन कायम गर्न कर्मचारीतन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पुस्तकका लेखक मैनालीले निजामती प्रशासनको स्तर खस्केको बताउनुभयो ।

मैनालीको पुस्तक 'सुनेको शासन : भोगेको प्रशासन' मा २००७ सालदेखि २०७६ सालसम्मको प्रशासनिक पुनर्गठन, अन्तर्राष्ट्रिय सम्बन्ध, निर्वाचन, सुशासन र सरकारी निर्णय प्रक्रिया समेटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.