बाढीपहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत, राज्यको उपस्थिति खोज्दै नागरिक

पालिकाको मात्रै बुताले केही गर्न नसक्ने अध्यक्षको दुखेसो
आश्विन १९, २०८१ |अवतार राई|पशुपति बुढाथोकी
बाढीपहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत, राज्यको उपस्थिति खोज्दै नागरिक

ललितपुर । गतसाता आएको बाढी र पहिरोले ललितपुरको दक्षिणी भेगमा पर्ने ऐतिहासिक, व्यापारिक र पर्यटकीय बजार गोटीखेल बगरमा परिणत भएको छ ।

संघीय राजधानी काठमाडौंदेखि करिब ४५ किलोमिटर दुरीमा रहेको ललितपुरको महांकाल गाउँपालिका-३ मा पर्ने गोटीखेलका भौतिक संरचना मात्र अस्तव्यस्त छैनन्, बिजुली र सञ्चार सम्पर्कबाट पनि टाढा भएको छ ।

बाढी र पहिरोले सडक भत्काइदिएपछि यातायात ठप्प छन् । विपद्‍मा सयौं नागरिक पर्दा यहाँको अवस्थाबारे राज्य अहिलेसम्म बेखबर जस्तै छ ।

एक साता भयो गोटीखेलका नागरिकले राज्यको बाटो हेरेर बसेको । तर संघ र प्रदेश सरकारको उपस्थिति देखिएको छैन । कान्तिपुर सहकर्मी अवतार राई र पशुपति बुढाथोकीले गोटीखेल पुगेर तयार पारेको स्थलगत रिपोर्ट तयार पार्नुभएको छ ।

विस्तृत रिपोर्ट भिडियोमा :


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement