पाँच मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाँच मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध

काठमाडौं । सरकारले अस्थायी रुपमा भए पनि राजमार्गहरु नियमित रुपमा सञ्चालन गर्न प्रयास गरिरहेको जनाएको छ ।

संसद्को पूर्वाधार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हालसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरोध भएको यातायात सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिनुभएको हो ।

उहाँले बीपी राजमार्गको १२ किलोमिटर सडकको नामोनिशाना नरहेको उल्लेख गर्दै दशैंअघि खुल्ला गर्न नसकिने बताउनुभयो । तर, राजमार्गमा फसेका गाडीहरुको उद्धारको काम भने नरोक्ने मन्त्री दाहालले बताउनुभयो ।

सांसदहरुले कुनै उपाय अपनाएर भए पनि बीपी राजमार्ग खोल्न आग्रह गरेका थिए । बीपी राजमार्गको चौकीडाँडा-कालढुंगा खण्डको १८ किलोमिटर सडक पूर्ण रुपमा बगेका कारण बीच-बीचमा सवारीसाधन रोकिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.