बाढीपहिरो प्रभावित १४ जिल्लाका पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरो प्रभावित १४ जिल्लाका पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानप्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा आज बसेको प्राधिकरणको कार्यकारिणी समितिको बैठकले बाढी प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय पालिकाहरुलाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको गृह प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

समितिले सिफारिस गरेका बाढी प्रभावित जिल्लाहरुमा पाँचथर, ओखलढुङगा, उदयपुर, सर्लाही, रौतहटलगायत सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे जिल्लाका पालिकाहरु छन् ।

सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको सिफारिसअनुसार विपद् संकटग्रस्त घोषणा गर्ने तयारी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.