भक्तपुरमा विभिन्न कार्यक्रम गरि मनाइयो विश्व हुलाक दिवस

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा विभिन्न कार्यक्रम गरि मनाइयो विश्व हुलाक दिवस

भक्तपुर । जिल्ला हुलाक कार्यालय भक्तपुरले विभिन्न कार्यक्रम गरि विश्व हुलाक दिवस मनाएको छ । 

दिवसकै अवसरमा आज भक्तपुरमा भएको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले हुलाक कार्यालयको सेवा/सुविधालाई आधुनिकीकरण गरि संगठनलाई पुनसंरचना गरिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हुलाक सेवालाई डिजिटलाइजेसन गरि प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख सीता साम्वाले सरकारले हुलाक कार्यालयलाई विस्थापन गर्ने नीति लिएकाले कमाचारीहरु ७५ प्रतिशतसम्म कटौती गर्न कार्य सम्पादनमा समस्या भएको बताउनुभएको छ ।

आधुनिक युगमा हुलाकको महत्त्व अझ बढेको भन्दै उहाँले सरकारी कामकाजका सम्पूर्ण कागजपत्र हरु हुलाक कार्यालय मार्फत वितरण गर्नुपर्ने प्रवाधान रहेपनि यस्तो हुन नसकेको बताउनुभयो । निजी कुरिएर सेवाा भन्दा निकै सस्तो दरमा समान कुरिएर गर्ने सेवा दिएपछि जानकरी अभावमा निजीलाई नै प्राथमिकतामा राख्दा समस्या भएको उहाँको भनाइ छ । 

हुलाक सेवा मार्फत चिट्ठी आदनप्रदान, पोस्टबक्स ,पत्रपत्रिका एफएम रेडियो दर्ता तथा नवीकरण, डाँक सेवा लगायतका सेवा दिइँदै आएको छ । भक्तपुरमा १२० वटा पोस्ट बक्स रहेकोमा अहिले १५ वटा मात्रै संचालनमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.