सिन्धुली सुनकोशीस्थित नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुल्यो

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुली सुनकोशीस्थित नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुल्यो

सिन्धुली । तीन दिनको प्रयासपछि बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका १ को नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुलेको छ ।

रोशीखोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा दुईसय मिटर सडक बगाएको थियो । चारवटा मेशिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी सडक बनाएर आवागमन खुलाइएको हो । आँपघारी अगाडि बालुवामा रोशीखोलाले बगाएको करिब डेढ सय मिटर सडक पनि खोला तर्काएर बनाउन सुरू भएको भइरहेको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयले खाल्टे र सुनकोसी गाउँपालिकाको एक्साभेटर, लगाएर क्षेत्रमा काम गरिरहेको हो । तर आवश्यक इन्धन तथा प्राविधिकहरुको अभाव रहेको छ । काभ्रेको चौकीडाँडाबाट पनि अस्थायी सडक बनाउन सकियो भने पाँच दिनमा त्यहाँ पनि सवारीसाधन सञ्चालनमा ल्याउन सकिने अपेक्षा छ ।

नेपालथोक धुलिखेल खण्डको ५० किलोमिटरमध्ये नेपालथोकबाट बालुवासम्मको दुई किलोमिटर र धुलिखेलबाट चौकीडाँडासम्मको ३५ किलोमिटर गरि ३७ किलोमिटरमा यातायात एकतर्फी छ । बाँकी १३ किलोमिटरमा बगेको सडक बनाएर पहिरो पन्छाउन सके बाटो खुल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.