संसदीय सुनुवाइबाट प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवलाई अनुमोदन

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय सुनुवाइबाट प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवलाई अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनु भयो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

समितिले आजको बैठकबाटै अस्ट्रेलियाका लागि प्रश्तावित राजदूत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।

अनुमोदित प्रधानन्यायाधीश र राजदूतलाई अब राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement