सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अबिलम्व कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अबिलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको हो । 

उहाँले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताउनु भयो । 

उहाँले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रश्तुत गरेको पनि बताउनु भयो । उहाँले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.