मुस्ताङको कोरला नाकामा दशैं अघिदेखि अध्यागमन कार्यालय सञ्चालन गरिने

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुस्ताङको कोरला नाकामा दशैं अघिदेखि अध्यागमन कार्यालय सञ्चालन गरिने

मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल-चीन बीचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकामा दशैं अघिदेखि अध्यागमन कार्यालय सञ्चालन गरिने भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार दशैंअघि कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन गर्नका लागि काम भैरहेको छ ।

अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने यही साताभित्र नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याउने छ । नाकामा चिनियाा भन्सारको आमने-सामने निर्मित प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवनमा केन्द्रीय विधुतीकरण गरिएको हो ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान -डीपीआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा विधुत् र सञ्चार सुविधा पुर्‍याइएको हो ।

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement