चितवनमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भरतपुर-२ लिलाचोकस्थित भित्री सडक खण्डमा शहिदचोकबाट पोखरा बसपार्क तर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपुरको गैंडाकोट नगरपालिका-५ कांग्रेस चोक बस्ने बर्ष २६ को रबिन थापा र मोटरसाइकल पछाडि सवार लमजुङ दुधपोखरी-६ बस्ने बर्ष ४० पुर्ण बहादुर गुरुङ रहेका छन् ।

उनीहरू दुई जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement