‘बालकुमारी घटनामा ०.००१ प्रतिशत पनि मेरो गल्ती छैन’

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘बालकुमारी घटनामा ०.००१ प्रतिशत पनि मेरो गल्ती छैन’

काठमाडौं । एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारी घटनामा सुरक्षाकर्मी दोषी रहेको बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै पूर्वमन्त्री ज्वालाले त्यो घटनामा आफू निर्दोष रहेकाले प्रायश्चित गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो । बालकुमारी घटनाबारे तयार पारिएको प्रतिवेदनमै त्रुटी रहेको भन्दै त्यसलाई आफूले अस्वीकार गर्ने उहाँको भनाइ छ ।

बालकुमारी घटनाबारेको छानबिन समितिले तत्कालीन भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले तत्कालीन मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले चलाएको गोली लागी दुई युवा मारिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement