संविधानले सबैको भावनालाई संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानले सबैको भावनालाई संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यो संविधानले सबै विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संरक्षण गरेको बताउनुभएको छ ।

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

'आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस,' प्रधानमन्त्रीले भन्नुभएको छ, 'दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement