पाँच तारे चेन होटल ‘लेमन ट्री प्रिमियर’ आजबाट सञ्चालनमा

भाद्र २९, २०८१ |भरत रावल
पाँच तारे चेन होटल ‘लेमन ट्री प्रिमियर’ आजबाट सञ्चालनमा

काठमाडौं । देशमा पाँच तारे होटेल थपिने क्रम जारी छ । काठमाडौंमा अमेरिकी चेन होटेल 'हिल्टन' उद्घाटन भएको केही सातामै आज अर्को पाँच तारे होटेल 'लेमन ट्री प्रिमियर' को उद्घाटन भएको छ । योसँगै देशभर पाँच तारे होटेलको संख्या २५ पुगेको छ । पर्यटकीय क्षेत्रमा लगानी बढ्दै गए पनि सरकारले भने पर्याप्त तथा दिगो पूर्वाधारमा ध्यानै दिएको छैन ।

बुढानीलकण्ठ हेरिटेजको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा अर्को पाँच तारे चेन होटल लेमन ट्री प्रिमियर सञ्चालनमा आएको छ ।

योसँगै नेपालमा पाँच तारे होटेलको संख्या २५ पुगेको छ । जसमध्ये २ वटा पुनर्निर्माणको चरणमा छन् भने तीन वटाले नवीकरण गरेका छैनन् । त्यस्तै चार वटा चार तारे होटेलले थप लगानी गरेर पााच तारेमा स्तरोन्नतिका लागि पर्यटन विभागमा आवेदन दिएका छन् ।

त्यतिमात्रै होईन सञ्चालनमा रहेको होटेल सोल्टीले पााच तारे डिलक्सको तयारी गर्दैछ भने झापाको होटेल मेची क्राउनले लगानी वृद्धि गर्दै एक सय १ कोठा थप गरेको छ । निजी क्षेत्रको लगानी एकपछि अर्को थप भइरहे पनि होटलको प्रमुख आधार पर्यटक भित्र्याउन भने पूर्वाधार कमजोर छन् । तर, सरकारले भने पूर्वाधारमा ध्यान दिने बताउने गरेको छ ।

देशभर पर्यटकीय क्षेत्रमा २० खर्ब हाराहारीमा लगानी छ । तर पूर्वाधारलगायतका कारण पर्याप्त पर्यटक भित्र्याउन नसक्दा लगानी नउठ्ने जोखिम बढिरहेको व्यवसायीको गुनासो छ । सोहीकारण पूर्वाधार निर्माणसँगै अन्तर्राष्ट्रिय स्तरमा आक्रामक ढंगले प्रचारप्रसार गर्ने योजना रहेको दाबी पर्यटन बोर्डको छ ।

अहिले देशभर २५ पााच तारेसहित १ सय ९९ पर्यटकीय तारे होटेल छन् । जसमा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चेन नेपाल भित्रिइसकेका छन् । २ अर्ब ७० करोड लागतमा निर्माण भएको होटेल लेमन ट्रीले थप पर्यटक भित्र्याउन मद्दत गर्ने विश्वास गरिएको छ ।

१ सय २ कोठामा १ सय ९० बेड क्षमताको लेमन ट्री प्रिमियम १ सय ८० भन्दा बढी ठाउामा फैलिएको भारतीय चेन होटेल हो ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।