नेदरल्याण्डमा आयोजित ‘लिबरेसन कन्सर्ट’मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेदरल्याण्डमा आयोजित ‘लिबरेसन कन्सर्ट’मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

काठमाडौं । नेदरल्यान्डमा भएको 'लिबरेसन कन्सर्ट'मा नेपाली विद्यार्थी परिधि भण्डारीले प्रस्तुति दिनु भएको छ ।

दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने उक्त कन्सर्टमा नेपालकी परिधिले कविता वाचनसहितको प्रस्तुति दिनु भएको हो । मार्ग्रातेन क्षेत्रमा भएको उक्त कार्यक्रममा डच प्रधानमन्त्रीसहित ४ हजारको हाराहारीमा प्रतिष्ठित व्यक्तिकहरू उपस्थित थिए ।

परिधिलाई उहाँ अध्ययन गर्ने युनाइटेड वल्र्ड कलेज (यूडब्लूसी)को तर्फबाट प्रस्ततिको मौका दिइएको हो । परिधिले ‘ह्विस्पर्स फ्रम मार्ग्राटेन ग्राउन्ड ’ अर्थात् ‘ मार्ग्रातेन मैदानबाट साउती’ शीर्षकको आफ्नै कविता वाचन गर्नु भएको हो ।

उक्त कन्सर्ट अमेरिकी टीभीमा समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । कन्सर्ट आयोजना हुने गरेको उक्त स्थानमा १० हजार अमेरिकी सैनिकका चिहान छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement