कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

माओवादीले गत भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस पनि सहभागी छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० प्रदेश सभा सदस्य छन् भने कांग्रेसका २९ सदस्य छन् । कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ९३ जना प्रदेश सदस्य छन् ।

बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । जसका लागि एमाले–कांग्रेसको सांसद सङ्ख्या पर्याप्त छ। गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement