संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसको टुङ्गो लागेन

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसको टुङ्गो लागेन

काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । बैठकमा न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न योग्य ८ जनाको नाम पठाएकोमा तिनै नाममा सामान्य छलफल मात्र भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च ३२ औं प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भने पनि गर्न नसकेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नाममा छलफल गर्न प्रस्ताव गर्नुभएको थियो । तर आजको बैठकमा अन्य योग्य न्यायाधीशका बारेमा पनि सामान्य छलफल गरेर बैठक ३१ गतेसम्म स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement