सडक यातायात दुर्घटना धेरै हुने ठाउँमा ट्रमा सेन्टर बनाउन छलफल

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सडक यातायात दुर्घटना धेरै हुने ठाउँमा ट्रमा सेन्टर बनाउन छलफल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउनुपर्ने बताउनु भएको छ ।

सडक सुरक्षाबारे आज मन्त्रालयमा आयोजित छलफलमा बोल्दै मन्त्री दाहालले धेरै सडक सवारी दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयसँग पनि छलफल भइरहेको बताउनुभयो । दु‍‍‍‍‍‍‍‍र्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ ।

मन्त्री दाहालले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको भन्दै सरकारले अब फास्ट ट्रयाकबाट कानून बनाउने बताउनु भयो । दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने र खाल्डाखुल्डीरहित नेपाल बनाउने पनि दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.