साउदी प्रो लिग : अल खालिजमाथि अल नासारकाे जित

जेष्ठ ८, २०८२ |खेल ब्युरो
साउदी प्रो लिग : अल खालिजमाथि अल नासारकाे जित

काठमाडौं । साउदी प्रो लिगमा अल नासारले अल खालिजलाई २-० गोलले पराजित गरेको छ । यो खेलमा क्रिस्टियानो रोनाल्डो पहिलो पेनाल्टिमा चुकेका थिए ।

रियादस्थित अल अवाल पार्कमा गएराती भएको खेलमा नासारले नवौं मिनेटमा गोल गर्ने मौका पाएको थियो । कर्नरबाट आएको बलमा क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको हेडरले पोस्टको दिशा लिन सकेन् । 

४०औं मिनेटमा खालिजले पनि सुनौलो अवसर गुमायो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । ६५औं मिनेटमा नासारले पेनाल्टी प्राप्त गर्यो । तर, रोनाल्डोले प्रहार गरेको पेनाल्टी बाहिरयो । 

अन्तत: ७५औं मिनेटमा जोन डुरानको गोलमार्फत् नासारले खेलमा अग्रता लियो । उनका लागि साडियो मानेले क्रस उपलब्ध गराएका थिए । इन्जुरी समयमा रोनाल्डोले पेनाल्टिमा गोल गर्दै पहिले गरेको गल्ति सुधार गरे । 

पोर्चुगिच फरवार्डको सिजनको यो २४औं लिग गोल हो । यो नतिजापछि नासार ६७ अंकका साथ तालिकाको चौथो स्थानमा यथावत छ । खालिज ३७ अंक जोडदै दशौं स्थानमा रहेको छ । 

नासार तेस्रो स्थानको अल क्वादिसा भन्दा एक अंकले पछि छ । दुवै टिम अर्को सिजनको एशीयन च्याम्पियन्स लिग एलिट कपमा स्थान बनाउने प्रतिस्पर्धामा छन ।