चितवन । चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोस्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस गुडिरहेका बेला अचानक माथिबाट ढुङगा खस्दा चालकले नियन्त्रण गुमाउँदा पल्टिएको प्रहरीले जनाएको छ । आज दिउँसो साढ एक बजे भएको यो दुर्घटनका घाइतेको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही सडक खण्डमा गत असार २८ गते राति बसमाथि ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो भने त्यसै दिन सिमलतालमा पहिरोले २ वटा बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।