आँबुखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, घाइते १६ जनाको काठमाडौंमा उपचार हुँदै

भाद्र ७, २०८१ |भीमलाल श्रेष्ठ
आँबुखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, घाइते १६ जनाको काठमाडौंमा उपचार हुँदै

गोरखा । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस आज बिहान आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा घाइते बनेका १६ जनामध्ये १२ जनालाई नेपाली सेनाको हेलीकोप्टरबाट पहिले  काठमाडौं ल्याइएको थियो भने आँबुखैरेनीकै स्थानीय अस्पतालमा उपचाररत अन्य ४ जनालाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अहिले उनीहरुको उपचार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भइरहे‍को छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी- २ ऐनापहराबाट आज मर्स्याङ्दीमा खसेको थियो । उक्त बसमा ४१ जना यात्रु, एक चालक र एक सहचालक गरी ४३ जना रहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस् :-


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement