आँबुखैरेनी बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

भाद्र ७, २०८१ |भीमलाल श्रेष्ठ
आँबुखैरेनी बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

गोरखा । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई हेलिकोप्टरबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको हो ।

पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी नदीमा खसेको थियो । दुर्घटनामा अहिलेसम्म १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement