नारायणी किनारबाट झन्डै १५ घण्टापछि बाघलाई नियन्त्रणमा लिइयो

श्रावण २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारायणी किनारबाट झन्डै १५ घण्टापछि बाघलाई नियन्त्रणमा लिइयो

चितवन । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघलाई झन्डै १५ घण्टापछि नियन्त्रणमा लिइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको हो । 

उक्त बाघ २.७७ मिटर लामो भाले बाघ रहेको चितवन प्रहरीले जनाएको छ । आज बिहान मर्निङ वाकको क्रममा एक जनालाई आक्रमण गरेपछि बाघलाई दिउसोदेखि नियन्त्रणको प्रयास गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.