कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । 

आफ्नै खेतमा धान गोड्ने क्रममा हिजो बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसअघि यही साउन १५ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ खजुवा बस्ने ३० वर्षीया मानमती साउँदलाई आफ्नै गोठमा गाईलाई घाँस हाल्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको थियो । 

पटक पटक बाघ गाउँ  छिरेर मानिसलाई आक्रमण गरिरहेको छ । त्यहाँ बाघ नियन्त्रणको प्रयास स्वरूप हात्ती परिचालन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.