कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०:४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका -२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको थियो ।

यसअघि यही साउन १५ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -५ खजुवा बस्ने ३० वर्षीया मानमती साउँदलाई पनि बाघले आक्रमण गरी घाइते बनाएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.