नदी किनार क्षेत्र मिचेर संरचना बनाउँदा बाढीको सधैँ सास्ती

श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नदी किनार क्षेत्र मिचेर संरचना बनाउँदा बाढीको सधैँ सास्ती

काठमाडौं । गएराति परेको भारी वर्षाले संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका धेरै स्थान डुबानमा परे । तटीय क्षेत्रका बस्तीमा पसेको बाढी पन्छाउन स्थानीय दिनभर नै लागी परे । हिलाम्मे र पानीले भरिएका सडकमा हिँडडुल गर्न मात्र नभएर सवारी साधन चलाउनै समस्या भयो । दिउँसो पानी नपरे पनि रातिकै बाढीकै कारण दिनभर नै जनजीवन प्रभावित भयो । बागमती, मनोहरा र विष्णुमती लगायत उपत्यकाका नदीहरूको किनार क्षेत्र मिचेर संरचना बनाउँदा आसपासको क्षेत्र बाढीको चपेटामा पर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.