सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै शवको पहिचान

एयरलाइन्सको बिमा र क्षतिपूर्तिको आश्वासनपछि परिवारले शव बुझ्ने क्रम जारी
श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै शवको पहिचान

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुका आफन्तले शव बुझ्न थालेका छन् । अहिलेसम्म ६ वटा शव परिवारको जिम्मा लगाइएको छ । बाँकी शव आज परिवारले बुझ्दैछन् ।

अस्पतालका अनुसार को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य र श्याम विन्दुकारको शव आफन्तले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम बिहीबार नै सकेको थियो । परिवारले दिएको विवरणकै आधारमा सबै शव पहिचान भएको अस्पतालले जनाएको छ ।

यता सौर्य एयरलाइन्सले भने विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ । कम्पनीले पीडित परिवारजनलाई कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव सधैं रहने जिकिर गरेको छ ।

गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । पाइलट बाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement