नेपाल र भारतबीच रहेको अविश्वासको वातावरण हटाउनु आवश्यक छ : भारतीय पूर्वराजदूत रन्जित रे

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र भारतबीच रहेको अविश्वासको वातावरण हटाउनु आवश्यक छ : भारतीय पूर्वराजदूत रन्जित रे

काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रेले नेपाल र भारतबीच रहेको अविश्वासको वातावरण हटाउनु आवश्यक रहेको बताउनु भएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको 'कलिंगा साहित्य महोत्सव' को 'रिथिंकिङ डेभलपमेन्ट एन्ड डिप्लोमेसी इन द डिजिटल एज' विषयक सत्रमा बोल्दै पूर्वराजदूत रेले दुवै देशबीच रहेका गलत अवधारणा र पूर्वाग्रहलाई हटाउन आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले दुई देशबीचको अविश्वासको वातावरण हटाउन के गर्न सकिन्छ भन्ने विषयमा आफ्नो पुस्तकमा पनि उल्लेख गरेको बताउनुभयो । आफ्नै स्वार्थलाई हानी गर्ने भएकाले भारत सरकार र नागरिकले नेपालको अहित कहिल्यै नसोच्ने उहाँको भनाइ छ। उहाँले हरेक समस्याको समाधान भएको उल्लेख गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई सोही अनुसार व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो ।

महोत्सवमा साहित्यका विविध आयाम, राजनीति, चलचित्र, सामाजिक तथा सांस्कृतिक विविधताका विषयमा छलफल भईरहेको छ । यो महोत्सव नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान गर्ने साझा थलोको रुपमा विकास हुने आयोजकको विश्वास छ ।

महोत्सवको पहिलो दिन आज २७ वटा सत्रमा छलफल भएको थियो । छलफलमा नेपाल र भारतका लेखक तथा पत्रकारहरु सहभागी छन् । महोत्सव भोलि सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement