पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

दैलख । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

दैलेख महाबु गाउँपालिका ३, बाँसी घर भएका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो । नातामा सपना फुपू हुन् भने भावना भतिजी ।

गोठाला गएका किशोरीहरु छामघाटको कुन्टामा पौडी खेल्दै गर्दा बगेकामा झन्डै पाँच सय मिटर टाढा काफलखेतनजिक सपना र करिब ३ किलोमिटर टाढा जडेपिपलनजिक भावनाको शव फेला परेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement