प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताउनुभएको छ ।

मिडिया काउन्सिल विधेयकमाथि विधायन व्यवस्थापन समितिमा आज भएको छलफलमा सञ्चारमन्त्री गुरुङले सीमाभित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । सीमाभन्दा बाहिर केही नरहेको भन्दै उहाँले प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले प्रेस स्वतन्त्रताको अधिकार नियन्त्रण र कमजोर गर्ने गरी विधेयक ल्याउन नहुने बताउनुभयो ।

प्रेस स्वतन्त्रतालाई संविधानले नै ग्यारेन्टी गरेको तर्फ ख्याल गर्नुपर्ने समिति सदस्यहरुको जोड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.