बाढी-पहिरो अपडेट : देशभर १६ जनाको मृत्यु, २१ घाइते

गण्डकीमा ६० घर डुबान, दुईजना बेपत्ता
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी-पहिरो अपडेट : देशभर १६ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्ला दुई दिनमा देशभर १६ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । दुईजना बेपत्ता भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा १६ जनाको मृत्यु भएको छ ।

शनिबारयताको भारी वर्षाका कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण आठजना तथा बाढीले लुम्बिनीमा तीन, बागमतीमा तीन र कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

गण्डकीमा ६० घर डुबानमा परेका छन् । डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दुईजना बेपत्ता छन् ।

यो पनि...

कैलाली र कञ्चनपुरका विभिन्न स्थान डुबानमा

बाढी, पहिरो र डुबानबाट देशैभरको जनजीवन प्रभावित [भिडियो रिपोर्ट]

पहिरोले २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५ पक्की पुलमा क्षति

टिप्पणी : नागरिकले सरकार भएको अनुभूति कहिले गर्ने ?

बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

ठूला नदीहरूमा जल सतहले खतराको तह पार गर्दा तटीय क्षेत्रमा त्रास

बाढीले बाँकेको जनजीवन प्रभावित, डुबानमा बस्ती

काठमाडौंका खोलाछेउका बस्ती डुबानमा, टरेन जोखिम


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement