क्रेनले च्यापेर एक जनाको मृत्यु

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्रेनले च्यापेर एक जनाको मृत्यु

गोरखा । गोरखा नगरपालिका वडा नं १० हुल्चेमा क्रेनले च्यापेर एक जनाको मृत्यु भएको छ ।

बारा सिमरा उपनगरपालिका वडा नं १९ घर भएका वर्ष १९ का प्रिन्स अन्सारीको क्रेनले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन अविनाश अर्वाएकर प्रा.लि. (ह्याचरी) मा काम गर्ने क्रममा बा.२.क.४९८६ नम्बरको क्रेनको ब्रेक फेल भई खोल्सामा खस्दा क्रेनले च्यापेको हो ।

क्रेनका चालक पर्सा विरगन्ज महानगरपालिका वडा नं ३० घर भएका अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement