नवनियुक्त प्रधानन्यायाशीधले लिनुभयो शपथ

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानन्यायाशीधले लिनुभयो शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयनताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शितल निवासमा नयाँ प्रधानन्यायाधीश राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको हो ।

यसअघि आजै राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नु भएको थियो । यस्तै, असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ मा अनिवार्य अवकाश पाएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाउनु भएको हो । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।

सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएका रावत देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिनु हुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement