कैलाली र कञ्चनपुरका विभिन्न स्थान डुबानमा

कैलालीका १ सय ४१ परिवारलाई विद्यालयमा सारियो
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कैलाली र कञ्चनपुरका विभिन्न स्थान डुबानमा

कैलाली । लगातारको वर्षापछि सुदूरपश्चिमका कैलाली र कन्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको भजनी र टीकापुर नगरपालिका तथा कैलारी गाउँपालिकामा १ सय ४१ घर डुबानमा परेका छन् ।

डुबानमा परेका १ सय ४१ परिवारका पाँच सय ९१ विस्थापितलाई नजिकैको विद्यालयमा सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभएको छ । त्यसैगरी कञ्चनपुरको सुडामा कल्भर्ट भत्किएपछि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । 

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ को पत्थर नालामा जोगबुढा नदी बस्तीमा पस्दा विस्थापित भएकाहरुलाई स्थानीय भानु माविमा सारिएको छ । भीमदत्त नगरपालिकाका अधिकांश स्थान पनि डुबानमा परेको बताइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका विभिन्न क्षेत्रमा रातभर भारी वर्षा भएको छ । महाकालीसहित विभिन्न तथा खोलामा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement