अपडेट : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी बचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाएर निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको हो । एसएसपी भट्टराईले सहकारीका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको पनि जानकारी दिनुभयो ।

एसएसपी भट्टराईका अनुसार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारी विरुद्ध बचतकर्ताहरुले गत चैत ९ गते ठगीसम्बन्धी उजुरी दर्ता गराएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.