सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै छ ।

लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दाको पेसी असार ४ गतेका लागि तोकिए पनि त्यस दिन हेर्न नमिल्ने भएको थियो । त्यस पछि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ सर्वोच्चले आजका लागि तोकेको थियो ।

गृहमन्त्री लामिछानेविरुद्धको उक्त रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ ।

यस्तै रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.