सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको लगानी बारे अध्ययन गर्न बनेको अनुगमन उपसमितिले भैरहवामा सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ ।

सुझाव संकलनका क्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडान नहुँदा सरकार र निजी क्षेत्रको लगानी धरापमा परेको गुनासो गरेका छन् । सरकारले नियमित उडान गराउने आश्वासनसहित व्यवसायीहरुलाई होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेको थियो । जस अनुसार करिब ५० अर्ब लगानी गरेका व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडान अनिश्चित बन्दा पलायन हुने अवस्था आएको गुनासो गरे ।

सरकारले विमानस्थल निर्माणमा कति रकम खर्च गर्‍यो ?, वैदेशिक ऋण कति छ ?, रकम कसरी खर्च गरियो ?, विमानस्थल बनाउनुपर्ने आवश्यकता थियो वा थिएन ? लगायतका विषमा अध्ययन गरिने अनुगमन उपसमितिले जनाएको छ ।

सार्वजनिक लेखा समितिद्वारा गठित अनुगमन उपसमितिले बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी गुरुयोजनाको अध्ययन अनुगमन समेत गरेको छ । टोलीमा अनुगमनका लागि उपसमिति संयोजक योगेश भट्टराईसहित लेखा समितिका आठ जना सांसद छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.