श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई काठमाडौंको बालुवाटारबाट पक्राउ परेको हो । पुलचोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.