विश्व बैंक समूहको आईडीएको बैठक काठमाडौंमा सुरु

असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व बैंक समूहको आईडीएको बैठक काठमाडौंमा सुरु

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ-आईडीएको बैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको उद्घाटन गर्नु भयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक विकासको बाटोमा अगाडि बढेको बताउनुभयो । नेपालको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले यो बैठकबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । 

चार दिनसम्म चल्ने बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनबर्ग तथा उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० सय प्रतिनिधिको सहभागिता छ । यो दक्षिण एसियामै आयोजना भएको विश्व बैंकको हालसम्मकै उच्चस्तरीय बैठक हो । 

अन्तर्राष्ट्रिय विकास संघमा आबद्ध देशहरूलाई आगामी ३ वर्षका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, प्राथमिकता क्षेत्र, नीति ढाँचा,  र त्यसका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता लगायत विषयमा बैठकमा छलफल हुने छ । 

सोही अवसरमा बैठकमा सहभागीहरूले विश्व बैंक समेतको सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निर्माण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम पनि रहेको अर्थ मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.