बचतकर्ताको ९४ करोड ठग्ने कृषि सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बचतकर्ताको ९४ करोड ठग्ने कृषि सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । बचतकर्ताको रकम ठगी आरोपमा प्रहरीले ललितपुरस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीको ९४ करोड ठगी गरेको आरोपमा अध्यक्ष तेजविक्रम थापासहित चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा थापासहित सहकारीका व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

२०६० सालदेखि सहकारीको अध्यक्ष रहँदै आएका थापा भक्तपुरस्थित समिट अस्पताल, अन्नपूर्ण किसान उद्योग, कृषि टेलिभिजन, गोर्खा टेलिभिजनलगायत संस्थाका अध्यक्षसमेत हुन् । उनले दुई अर्ब निक्षप संकलन भएको सहकारीबाट ९४ करोड रुपैयाँ हिनामिना गरेको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जनाउनुभयो ।

सहकारीको रकम अपचलन गरेर निजी कम्पनीमा लगानी गरेर उनीहरुले बचतकर्तालाई फिर्ता गरेका छैनन् । २५ सयभन्दा बढी बचतकर्ता रहेको कृषि विकास बहुउद्देश्यीय सहकारीका ५६६ जनाले मात्रै जाहेरी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.