२०१५ सालदेखिका संसदीय गतिविधिलाई सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ : महेश बर्तौला

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विक्रम संवत् २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गर्नुभएको हो । उहाँले नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भए पनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नआएको बताउनु भयो । 

उहाँले अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताउनु भयो । ‘संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेनमा ल्याउन माग गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘२००८ देखिका राजपत्र खोज्दा भेट्नसक्छौं । २०१३ साल देखि पत्रिका भेट्नसक्छौं । देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ । मन्त्रीपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्न सक्छौं तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु ।’

उहाँले २००८ देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पत्तिको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement