कान्तिपुर समाचार, ११ असार २०८१

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ असार २०८१

आजका मुख्य समाचार,

* प्रतिनिधिसभामा ११ दिनसम्म चलेको बजेटमाथिको छलफल निरर्थक / सांसदको तीव्र विरोध र प्रधानमन्त्रीकै असन्तुष्टिका बीच हुबहु पारित ।

* भूकम्प गएको ७ महिना बितिसक्दा पनि घरबास गुमाएका रुकुम पश्चिमका अधिकांशको टहरामै बास / सरकारको भर नभएपछि केही भने ऋण काडेरै घर बनाउँदै ।

* भएकै विश्वविद्यालयले विद्यार्थी नपाउँदा नयाँ थप्ने सरकारको हतारो / थप तीन विधेयक संसद्‌मा / २ वर्ष अघि नै स्थापित योगमाया विश्वविद्यालय भने अझै अलपत्र ।

* दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा छाड्न उच्च अदालतद्वारा अस्वीकार / जिल्ला अदालतको आदेश रद्द / सर्वोच्चको अन्तिम फैसला भोलि ।

* आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनल समीकरण पूरा / सुपर एटको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक अन्तिम चारमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement