भक्तपुरको दधिकोटबाट चोरी तथा लुटपाट गर्ने ४ जना पक्राउ

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरको दधिकोटबाट चोरी तथा लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं । भक्तपुरको दधिकोटबाट २ करोडभन्दा धेरै रकम चोरी तथा लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेकालाई पक्राउ गरेको हो ।

असार ४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिले २ करोड रुपैयाँ डाँका चोरी तथा लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले 'सीबीआई हुँ' भन्दै घरधनी र सदस्यलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड लुटको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाईली, भोटेकोशीका भीमबहादुर तामाङ र कृष्णबहादुर बोहरा तथा ओखलढुंगा मानेभञ्ज्याङका मुनाराज राईलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ । डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीले नै लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement