सुनसरीको बुढी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनसरीको बुढी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरी र मोरङको सिमाना छुट्टाउने बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा अन्य तीन जना बेपत्ता भएका छन् । बिहानैदेखी परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैंचा-५ का स्थानीय ४ जनालाई बगाएको हो । तीमध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काममा जुटिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मृतक तथा बेपत्ताको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । 

जल तथा मौसम विभागले आज बिहान ११ बजेदेखी उक्त खोलामा पानीको बहाव उच्च भएकाले सतर्कता अपनाउन उक्त क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । दिउसो ३ बजेसम्म खोलामा बहाव उच्च रहने भन्दै एसएमएस सन्देशमार्फत विभागले सतर्क रहन आग्रह गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement