केन्याको संसद् भवनमा आक्रमण : ५ प्रदर्शनकारी मारिए, ५० घाइते

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
केन्याको संसद् भवनमा आक्रमण : ५ प्रदर्शनकारी मारिए, ५० घाइते

काठमाडौं । पूर्वी अफ्रिकी देश केन्याको संसद्‌ भवनमा आक्रमण गर्न खोज्नेमाथि प्रहरीले गोली चलाउँदा पाँच प्रदर्शनकारी मारिएका छन् । गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको रोयटर्सले समाचारमा जनाएको छ ।

संसद् भवनभित्र सांसदहरुले करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा प्रदर्शनकारी बलपूर्वकभित्र प्रवेश गर्न खोजेका थिए ।

अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ । प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका थिए ।

केही प्रदर्शनकारी सिनेट च्याम्बरसम्म प्रवेश गर्न सफल भएको समाचारमा जनाइएको छ । सांसदहरुलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गर्दै सुरक्षित बाहिर निकालिएको थियो । देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला करवृद्धिसम्बन्धी कानुन ल्याएको भन्दै मानिसहरु विरोध प्रदर्शनमा ओर्लिएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement