छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्दैछ । पटक-पटक कार्यदलमा समितिको क्षेत्राधिकारका बारेमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

हिजो बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम प्रस्तावनामा भए पनि राख्ने र उहाँ मुछिएका सहकारीको नामै तोक्ने गरी सहमति खोज्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नजिक पुगेको बताइएको छ । तर त्यसबारे गृहमन्त्री लामिछानेसँग कुरा गर्न रास्वपाले समय मागेपछि हिजो सहमति जुट्न सकेन ।

सिंहदरबारमा आज अपरान्ह तीन बजे बस्ने कार्यदलको बैठकमा सहमति जुटाउने गरी छलफल गरिने बताइएको छ । हिजो सत्ता पक्षले छानबिन नहुँदै व्यक्तिको नाम किटान गर्न नसकिने अडान दोहोर्‍याएपछि नेपाली कांग्रेसले नयाँ प्रस्ताव राखेको हो । गृहमन्त्रीको नाम प्रस्तावना राखेर उहाँ जोडिएका सहकारीको किटान गर्नुपर्ने कांग्रेसको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.