प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन रहेको उल्लेख छ ।

उहाँसँग प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै उहाँसँग पैतृक सम्पत्तिका रुपमा ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालकी श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुरमा एउटा पार्किङ भएको घरसहित १५ कट्ठा जमिन पैतृत सम्पत्ति रहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.