ट्याक्टरको ठक्करबाट रौतहटमा १३ वर्षीय बालकको मृत्यु

चैत्र २५, २०८० |राजेश्वर पाण्डे
ट्याक्टरको ठक्करबाट रौतहटमा १३ वर्षीय बालकको मृत्यु

रौतहट । ट्याक्टरको ठक्करबाट रौतहटको गुजरा नगरपालिकामा एक १३ वर्षीय बालकको मृत्यु भएको हो । धनसारबाट जंगलसैयातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको धान काट्ने ट्याक्टरले गुजरा नगरपालिक-४ स्थित साइकलले बाटो काट्ने क्रममा १३ वर्षीय शेष सहनवाजलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि चन्द्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि आक्रोशित बनेका गाउँलेले जंगलसैया धनसार सडकलाई अवरुद्ध गरेका छन् । ठक्कर दिने धानकाट्ने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीनियाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।