बारामा ट्रक र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु, ३ घाइते

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
बारामा ट्रक र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु, ३ घाइते
प्रतीकात्मक तस्बिर ।

बारा । बाराको आधाभारमा ट्रक र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पथलैया-हेटौंडा खण्डको आधाभारमा आज ट्रक र पिकअप ठोक्किँदा पिकअपमा चढेका एक भारतीय नागरिकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

सिमराबाट हेटौंडातर्फ जाँदै गरेको ना.६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट सिमरातर्फ आउँदै गरेको बा ०१-०२६ च १३३४ नम्बरको पिकअप आपसमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । दुर्घटनामा थप तीनजना घाइते भएका छन् । घाइतेहरुको परवानीपुरमा रहेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.